Breaking News

ललिता निवास जग्गा प्रकरणः समरजंग कम्पनीका सहलेखापाल पौडेल पक्राउ

Banner

काठमाडौं, असार २७-

प्रहरीले ललितानिवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ ।

उनलाई काठमाडौंको चाबहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । ललितानिवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>