अपराध
व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड मागेको आरोपमा रमेश गुरुङ पक्राउ
०

काठमाडौँ, असार २६-
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्काउने एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रमेश गुरुङ रहेका छन् । गुरुङलाई मंगलबार महाराजगञ्जबाट पक्राउ गरिएको सिआईबीका प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिए । पक्राउ परेका गुरुङले व्यवसायी प्रसाईंलाई ३० करोड रुपैयाँ माग्दै नदिए ज्यान मार्ने धम्की दिएका थिए ।
ज्यान मार्ने धम्की आएसँगै व्यवसायी प्रसाईंले प्रहरीमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।
फाइल फोटो
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























