चितवन विशेष

२२ जिल्लाका विद्यार्थीको रोजाइमा गुरुकुल कलेज,४० प्रतिशत बढी विद्यार्थी छात्रवृत्तिमा नाम निकाल्न सफल

Banner

चितवन, असार २६–

२२ जिल्लाका विद्यार्थीको रोजाईमा परेको भरतपुर–९ स्थित गुरुकुल कलेजले प्लस टु को प्रवेश परीक्षा लिने तयारी गरेको छ । गुरुकुलले यस वर्ष पनि सिमित सिटमा विद्यार्थी भर्ना गर्न लागेको छ । त्यसको लागि कलेजले असार २८ गते बिहान ८ बजे प्रवेश परीक्षा लिन लागेको हो ।

बायो साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा सिमित सिटमा विद्यार्थी भर्ना गर्न लागिएको गुरुकुल कलेजका सहप्राचार्य प्रतिक ढकाल बताए । गुरुकुलमा प्लस टु पढेका विद्यार्थीले विभिन्न विश्वविद्यालयमा उत्कृष्ट अंक ल्याएका उनले जानकारी दिए । आफ्ना विद्यार्थी विश्वविद्यालयमा नेपाल प्रथम समेत भएको उनको भनाइ छ ।

‘गुरुकुलले २८ वर्षदेखि उत्कृष्ट नतिजा दिँदै आएको छ । यस वर्ष पनि प्लस टु मा सिमित सिटमा भर्ना लिने भएको छ’, उनले भने, ‘गुरुकुल विगत देखि नै अभिभावकहरुको पहिलो रोजाईमा पर्न सफल भएको छ ।’ शान्त वातावरण, गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापका कारण कलेजमा विद्यार्थीको आकर्षण रहेको उनी बताउँछन् ।

कलेजले अहिले दक्ष एवम् अनुभवी शिक्षकहरुद्धारा प्रि मेडिकल र प्रि इन्जिनियरिङका कक्षाहरु सञ्चालन गर्दै आएको छ । यस कलेजमा पढेका ४० प्रतिशत भन्दा बढी विद्यार्थीले विभिन्न ठाउँमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको उनले बताए । गुरुकुल कलेज भरतपुर–९ स्थित केन्द्रीय बस टर्मिनलसँगै रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>