देश/प्रदेश
नेपालीले ११ महिनामा एक करोडभन्दा बढीको विदेशी टुथपिक्सले दाँत कोट्याए
०

काठमाडौं, असार २५-
चालु आर्थिक वर्ष २०७९\८० को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक करोड नौ लाख ९० हजार रुपैयाँको टुथपिक्स आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७९ साउन १ गतदेखि २०८० जेठ मसान्तसम्ममा नेपालले उक्त टुथपिक्स आयात गरेको हो । उक्त रकममा ३३ हजार ९८५ केजी टुथपिक्स नेपाल भित्रिएको छ । चीन, भारत र थाइल्यान्डबाट नेपालले टुथपिक्स आयात गर्ने गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को सोही अवधिमा नेपालले दुई करोड ५३ लाख ५२ हजार रुपैयाँको टुथपिक्स आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























