Breaking News

आत्मालोचना गर्दै प्रधानमन्त्रीको प्रष्टीकरणः सेन्टिमेन्टल छु, थोरै भावनामा आएर भनेँ, नबोलेको भए हुन्थ्यो

Banner

काठमाडौं  असार २५-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यापारी दिल्ली गएको भन्ने अभिव्यक्ति दिएकोप्रति आत्मालोचना गरेका छन् । सोमवार संसद्मा स्पष्टीकरण दिँदै त्यो कुरा नबोलेको भए हुने बताएका हुन् । आफ्नो छोरी जीवनमरणको दोसाँधमा रहेका बेलाको प्रसंग आफूले पुस्तक विमोचनमा स्मरण गरेको बताए । मैले त्यो बेड सम्झेँ । कुरा अहिलेको होइन । २०६८/०६९ सालको हो । म छोरी ज्ञानुको अन्तिम अन्तिम अवस्थामा दिल्ली गएको थिएँ । त्यो घटना दर्दनाक थियो,उनले भने, म अलिकति सेन्टिमेन्टल छु । थोरै भावनामा म आएँ । नभने हुन्थ्यो । मनमा आयो भनेँ । प्रधानमन्त्री भएकोले त्यो नबोलेको भए हुन्थ्यो ।

उनले त्यही क्रममा प्रितमले सदासयता राखेको उनले स्पष्ट पारे । छोरीको अन्तिम अन्तिम अवस्था भएका बेला प्रितम सिंहले भनेका हुन्, नेपालमा प्रम तपाईं नै हुनुपर्छ भनेर प्रशंग उठाउनुभयो । उहाँले भनेर म हुने पनि थिइनँ । उहाँले परिवर्तन ल्याउने तपाई हो । मैले दिल्लीमा र नेपालमा पनि कुरा गर्न गरेको छु भन्नुभएको थियो । कुरा त्यत्ति हो । मैले धन्यवाद भनेको थिएँ । त्यसबाहेक केही होइन, उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>