चितवन विशेष

भरतपुरका तीन वडामा विद्युत अवरुद्ध

Banner

चितवन, असार २५–

भरतपुर महानगरपालिकाका तीन वटा वडामा आज बिहान ११ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर–४, ७ र ८ का केहि स्थानमा विद्युत अवरुद्ध भएको छ ।

भरतपुर–गितानगर–माडी हुलाकी राजमार्ग अन्तर्गत हाकिमचोक देखि बुद्धचोक खण्डमा बिधुतिय पोल स्थानान्तरण गर्न बिहान ५ बजेदेखि हस्पिटल फिडर र भरतपुर १ फिडर सटडाउन गरिएको भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ ।

दुई वटा फिडर सटडाउन हुँदा विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, सृजना चोक, बुद्धचोक, क्यान्सर १ नम्बर गेट अगाडि एरिया, पिस जोन स्कुल एरिया, कटहरचोक, पिपलचोक र सनराईज स्कुल एरियामा विद्युत अवरुद्ध भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>