Breaking News

सर्वोच्चको तारेख बुझ्दै बालेन्द्रले भनेः प्रधानमन्त्रीलाई छुट मिल्यो, म अपराधी भएँ

Banner

काठमाडौं,असार २४-

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू आजबाट तारेखमा रहेको जानकारी गराएका छन्। सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको पनि उल्लेख गरेका छन्। ‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु,’ उनले लेखेका छन्, ‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो। भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी।’

मेयर शाहविरुद्ध परेको रिटको गत मंगलबार सुनुवाइ गर्दै गत असार १२ गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले लिखित जवाफ माग गरेको थियो। भारतीय चलचित्र आदीपुरुष विवाद बढ्दै गएपछि मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए। त्यसपछि पनि मेयर बालेन्द्रले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकारमा रहेको बताएका थिए।

‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो, दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा,’ बिहीबार साँझ उनले लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछ, र म मात्र बिरोधमा ? र म मात्र अदालतको अवहेलनामा ? सबै जना मरेका लासहरू हुन ?’ उनले लेखेका थिए।

प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘आफू प्रधानमन्त्री बन्न व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ अभिव्यक्ति दिएसँगै त्यसको आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त संसद नै अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा माग गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>