Breaking News

दूधमा दिँदै आएको अनुदान कटौती गरेको भन्दै चितवनका कृषकद्धारा मन्त्रालयको गेटमा धर्ना

Banner

हेटौँडा,असार २४- 

बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरेको भन्दै चितवनका कृषकहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मूल गेटमा धर्ना बसेका छन् । चितवनको राप्ती, खैरहनी, र माडी नगरपालिकाका कृषकहरूले अनुदान कटौतीको विरोधमा मन्त्रालयको मूल गेटमा धर्ना दिएका हुन ।

दोहोरो रूपमा कृषकहरूले अनुदान बुझेको भन्दै मन्त्रालयले गत वर्षहरूमा वितरण गर्दै आएको प्रतिलिटर २ रुपैयाँ दूध अनुदान रोकेको थियो । कृषकहरूले स्थानीय तहबाट पनि सोही अनुसार दूधमा अनुदान बुझेकाले चालू आर्थिक वर्षमा सो अनुदान रोकेको हो ।

कृषकहरूको धर्नाका कारण कृषि तथा पशुपन्छी विकास मन्त्रालयसहित अन्य ३ मन्त्रालयको काम प्रभावित भएको छ ।विगत देखि नै मन्त्रालय उत्पादनमा आधारित भएर वितरण गर्दै आएको अनुदान रकम रोकेकोमा विरोध स्वरूप धर्ना बसेको राप्ती-४ का कृषक टेक बहादुर श्रेष्ठ बताए ।

उनका अनुसार चितवनको ३ पालिकाका करिब ३०० जना कृषक विरोधमा सहभागी भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>