राजनीति
दैनिक रूपमा सडक दुर्घटनामा ६ जनाले ज्यान गुमाउन थाले,अनुसन्धान जरुरी देखियोः ओली
०

काठमाडौं, असार २४-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैनिक रूपमा भएका सडक दुर्घटना प्रति चिन्ता व्यक्त गरेका छन् ।
दैनिक रूपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि एमाले अध्यक्ष ओलीले यसबारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने पनि जनाएका छन् ।
‘पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरू हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौँ हुन सक्छन्,’ ओलीले भनेका छन्, ‘यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























