चितवन विशेष

चितवनमा माओवादी केन्द्रले झण्डै पाँच करोड लगानीमा पार्टी कार्यालय बनाउने

Banner

चितवन, असार २३–

माओवादी केन्द्र चितवनले झण्डै पाँच करोड रुपैयाँको लगानीमा जिल्ला पार्टी कार्यालय बनाउने भएको छ ।

भवन निर्माणको लागि आज माओवादीले वृहत् भेला गरेर यसको तयारीको बारेमा जानकारी गराएको हो ।

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी (आरसी) ले तीनदेखि पाँच करोडको लगानीमा अत्धाधुनिक भवन बनाउन लागिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ तीन देखि पाँच करोड रुपैयाँ लाग्ने हाम्रो अनुमान छ । यसको प्राविधिक लागत मूल्यांकनको काम हुँदै छ ।’ उनले जनश्रम दान र जनसहभागितामा भवन निर्माण गरिने बताए । निर्माण समितिको संयोजक समेत रहेका अधिकारीले एक महिनाभित्रमा यसको शिलान्यास गरिने जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>