क्रिकेट

जुन हिसाबले मैले गर्नुपर्ने थियो, गरिनँ, यो पटक म आफ्नो प्रदर्शनमा सन्तुष्ट छैनः कप्तान रोहित 

Banner

काठमाडौं,असार २२-

नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे जस्तो नतिजा नआएपछि टिमको प्रदर्शन राम्रो भएको बताएका छन् । शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विश्वकप छनोटमा सोचे जस्तो नतिजा नआएपछि टिमको प्रदर्शन राम्रो भएको तर आफ्नो व्यक्तिगत प्रदर्शनप्रति भने सन्तुष्ट नभएको बताउका हुन् ।

जिम्बाव्वेमा भएको विश्वकप छनोटमा नेपाल सुपर सिक्समा पुग्न असफल भएको थियो भने प्ले अफमा आयरल्याण्डसँग पराजित भएर आठौं भएको थियो ।

कप्तान रोहितले भने, ‘जुन हिसाबले मैले गर्नुपर्ने थियो, गरिनँ । यो पटक म आफ्नो प्रदर्शनमा सन्तुष्ट छैन ।’ टिमले भने सोचे जस्तो रिजल्ट नआए पनि राम्रो खेलेको र धेरै सिक्न पाएको उनले सुनाए । टेष्ट खेलिरहेका देशलाई जित्न सबै पक्ष राम्रो हुनुपर्ने भन्दै कप्तान रोहितले अघि भने, ‘आउने इमर्जिङ कप, एसिया कपमा राम्रो हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>