चितवन विशेष
इक्यानको अधिवेशनमा चितवनबाट दुई जना उम्मेदवार सिफारिस

चितवन, असार २२–
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को केन्द्रीय अधिवेशन यही असार ३० गते शनिबार हुँदैछ । महाधिवेशनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । नेतृत्वका लागि उम्मेदवारी घोषणा धमाधम भइरहेका छन् ।
इक्यानको धेरै सदस्य भएको जिल्ला मध्ये एक चितवन पनि हो । सोही अनुसार यसपटक चितवन शाखाले आधिकारिक रुपमै उम्मेदवार सिफारिस गरेर निर्वाचनको माहोललाई थप रोचक बनाएको छ । इक्यान चितवन शाखाले औपचारिक रुपमै दुई जनालाई पदाधिकारी र सदस्यमा निर्वाचन लड्न सिफारिस गरेको छ ।
इक्यान चितवनका अध्यक्ष समुन्द्र अर्यालका अनुसार केन्द्रीय सह–कोषाध्यक्ष पदका लागि हेमराज सिग्देल र कार्यसमिति सदस्यका लागि मन्जित ढकाललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
धेरै सदस्य भएको जिल्ला मध्येमा चितवन पनि पर्ने भएकाले दुई जनालाई विजयी गराउने गरि आधिकारिक उम्मेदवारी बैठकबाट नै तय गरिएको अध्यक्ष अर्यालले जानकारी दिए ।
























