चितवन विशेष
चितवनको नारायणी इङलिस पब्लिक स्कूलले ल्यायो एसइइमा उत्कृष्ट नतिजा

चितवन, असार २२–
भरतपुरको नारायणी इङ्लिस पब्लिक स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा यसवर्ष उत्कृष्ट नतिजा ल्याएको छ ।
बिहीबार सार्वजनिक नतिजा अनुसार यो पटक दुई विद्यार्थीले ४ जीपीए अंक ल्याएका छन् । सन्दीप पौडेल र प्रयुना सुयाँलले ४ जिपिए विद्यालयका प्राचार्य बेदराज न्यौपानेले जानकारी दिए ।
यसवर्ष चितवनका ६ जना विद्यार्थीले ४ जीपीए ल्याए । जसमध्ये नारायणी पब्लिकका मात्रै दुई विद्यार्थी परेका छन् । नतिजा अनुसार जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा नारायणी पब्लिक रहेको विद्यालयले दावी गरेको छ ।
नारायणी इङ्लिस पब्लिक स्कुलबाट ७९ जनाले एसइइ दिएकोमा सबै उतीर्ण भएका छन् । एसइई दिएका अन्य विद्यार्थीहरुको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयले जनाएको छ ।
प्राचार्य न्यौपानेका अनुसार ३.६ देखि ४ ए ल्याउने १९ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने २४ जना, २.८ देखि ३.२ जिपिए ल्याउने २७ जना, २.४ देखि २.८ जिपिए ल्याउने ७ जना रहेका छन् ।
























