Breaking News

चितवनको क्यान्सर अस्पतालमा बोर्ड सदस्यहरु नियुक्त,कार्यकारी निर्देशक नियुक्तिको बाटो खुल्यो

Banner

चितवन,असार २१-

सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रिक्त रहेका बोर्ड सदस्यहरु नियुक्त गरेको छ। मन्त्रिपरिषदको बैठकले रिक्त रहेको ६ जना सदस्य नियुक्त गरेको हो। मन्त्रिपरिषद बैठकले डा दिनेश बिक, डा रश्मी पुन, डा रिता महासेठ, डा अनिलविक्रम कार्की, दिलिप पौडेल र शीलादेवी अधिकारीलाई अस्पताल सञ्चालक सदस्यमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

अस्पतालको १४ सदस्यीय रहने सञ्चालक समितिमा ६ जना सदस्य स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था छ। सोही अनुसार मन्त्री बस्नेतले पठाएको नामावली मन्त्रिपरिषले सदर गरेको हो। अस्पताल सञ्चालक समितिमा भरतपुर महानगरपालिकाको प्रमुख, स्वास्थ्य मन्त्रालयको सचिव वा सचिवले तोकेको व्यक्ति, अर्थ सचिव वा अर्थसचिवले तोकेको व्यक्ति, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था छ। यसैगरी, समितिले दुई जना नियुक्त गर्ने व्यवस्था रहेको छ।

सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस उपसमिति गठन गर्ने व्यवस्था छ। उक्त उपसमितिले सिफारिस गरेका व्यक्तिमध्येबाट सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्त गर्ने छ। समितिमा सदस्य नियुक्त भएसँगै कार्यकारी निर्देशक नियुक्तिको बाटो समेत खुलेको छ। अस्पातलमा कार्यकारी निर्देशक नहुँदा नियमित काम प्रभावित हुनुका साथै कर्मचारीको तलब समेत रोकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>