चितवन विशेष
भरतपुरमा गृहिणी र व्यवसायीलाई शेयरसम्बन्धी प्रशिक्षण

चितवन, असार २१-
भरतपुरमा गृहिणी र व्यवसायीलाई शेयरसम्बन्धी एक दिने प्रशिक्षण दिइएको छ ।
उद्योग वाणिज्य संघ चितवन र नारायणगढ लेडी जेसीजको आयोजना एवम् सनी सेक्युरिटिज कम्पनीको सहआयोजनामा शेयरसम्बन्धी प्रशिक्षण दिइएको हो ।
उद्योगी व्यवसायी एवम् गृहिणी महिलालाई शेयर बजारसम्बन्धी जानकारी गराउने उद्देश्यले यस कार्यक्रम गरिएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुकेले सरकारमा रहेका कुनै व्यक्तिले केही अभिव्यक्ति दिँदैमा नेपालको सेयर बजारमा उतारचडाब भइरहने भएकाले शेयर बजारमा लगानी गर्दा समयमा नै विचार पु¥याएर लगानी गर्न लगानीकर्तालाई सुझाव दिएका थिए ।
सोही कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले शेयर बजारको बिना ज्ञान लागानीगर्दा लगानी डुब्ने खतरा भएकाले आफूले लगानी गर्न चाहेको कम्पनीको बारेमा अध्ययन गरेर मात्र लगानी गर्ने वा नगर्ने निर्णय लिन्ुपर्ने बताए ।

कार्यक्रमका प्रमुख मध्यस्थकर्ता सुभाषचन्द्र भट्टराईले प्रस्तुतीकरण दिँदै उनले शेयर बजारका तत्वहरु, नेपाल स्टक एक्सचेन्जको इतिहास, शेयर बजारको पृष्टभूमि शेयर बजारमा लगानी गर्ने तरिकालगायत शेयर बजारमा सफलता हुने तरिकाहरुका बारेमा जानकारी गराएका छन् । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, सनी सेक्यूरिटिज कम्पनी नारायणगढ शाखाका प्रमुख उज्जल पौडेल, नारायणगढ लेडी जेसीजकापूर्व अध्यक्ष, पदाधिकारी र कार्यसमिति विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि, नारायणगढ जेसीजका अध्यक्षलगायत १५० बढीको सहभागिता रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराए । नारायणगढ लेडी जेसीजको अध्यक्ष सुस्मिता श्रेष्ठले धन्यवाद ज्ञापनसहित समापन गरेको कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।























