देश/प्रदेश

प्रदेशसभाको जेनेरेटरमा आगलागी, बैठक स्थगित

Banner

दाङ, असार २०-

जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।

सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको अवरोध हटेको थियो ।

बैठकको सुरुमा विशेष समय लिएर बोलेका मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षीहरुले उठाएको विषय सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

त्यसपछि तुलसीप्रसाद चौधरी बोलिरहेका बेला विद्युत् गयो । उनले सम्बोधन सकाए लगत्तै सभामुखले जेनेरेटरमा आगलागी भएकाले बैठक १० मिनेटलाई स्थगित गरेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>