चितवन विशेष

भरतपुरमा शैक्षिक सुधारको माग राख्दै अनेरास्ववियु चितवनले गर्‍यो महानगरको ध्यानाकर्षण

Banner

चितवन, असार १८-

भरतपुरमा शैक्षिक सुधारको माग राख्दै एमाले निकट अनेरास्ववियुले भरतपुर महानगर शिक्षा महाशाखाको ध्यानाकर्षण गरेको छ ।

संस्थागत विद्यालयले विद्यार्थीलाई दिने १० प्रतिशत छात्रवृत्ति पारदर्शी बनाउन माग गर्दै अनेरास्ववियु चितवनका संयोजक हरि आचार्यसहितको विद्यार्थीहरुको प्रतिनिधिमण्डलले महानगरको ध्यानाकर्षण गरेको हो ।

अनेरास्ववियुले आज प्रेषित गरेकोे विज्ञप्तिमा शिक्षा नियमावलीमा भए बमोजिम निजी तथा संस्थागत विद्यालयले १० प्रतिशत छात्रवृत्ति उपलब्ध नगराएको विषयले अनेरास्ववियु जिल्ला कमिटी चितवनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा महानगरको मनपरीतन्त्रका विरुद्ध आन्दोलनमा रहेको भन्दै मागलाई सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा लाग्ने जानकारी गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वडाध्यक्षहरुले आफू अनुकुलका विद्यार्थीलाई छात्रवृत्ति दिन सिफारिस गरेको, विद्यालय प्रशासनले लगानीकर्ता, शिक्षक, कर्मचारीका छोराछोरीका नाममा छात्रवृत्ति राख्ने गरेको, निवेदन दिएका र छात्रवृत्ति पाउने विद्यार्थीका नाममा दुई महिनाको छात्रवृत्ति राखि पालिकामा पठाइएको भनि अभिभावकहरुबाट गुनासो आएको हुँदा यस विषयमा छानबिन गर्न सम्बन्धित पालिकालाई अनुरोध गर्दै, विद्यालयमा अनुगमन गर्न र १० प्रतिशत छात्रवृत्ति कडाइका साथ कार्यान्वयनमा ल्याउने उद्देश्यका साथ दबाब सृजना गर्न अनेरास्ववियु पालिका कमिटीलाई निर्देशन गर्दछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>