चितवन विशेष

चितवनका व्यवसायीलाई दिइयो एक दिने बिक्री कलासम्बन्धी तालिम

Banner

चितवन, असार १८–

चितवनका व्यवसायीलाई विक्रय कलासम्बन्धी तालिम दिइएको छ ।

उद्योग वाणिज्य संघ–चितवन र अधिकृत व्यवसायी संघ–चितवनले संयुक्तरुपमा आज एक दिने बिक्री कलासम्बन्धी तालिम दिएका हुन् ।

अधिकृत व्यवसायीका व्यवसायमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी गरिएको यस तालिममा व्यवसाय प्रवद्र्धनका साथसाथै बजारीकरणको अवस्था र वस्तु बिक्रीगर्ने कला सम्बन्धी जानकारी गराइएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बिक्री बढेमा आम्दानी बढ्ने बिक्री घटेमा आम्दानी घट्ने हुनाले व्यवसायको मेरूदण्ड भनेकै बस्तु विक्री भएको बताए । अध्यक्ष श्रेष्ठले अहिलेको बजारमा विश्वव्यापीकरणले ल्याएको परिर्वतनमा परिवर्तित हुदै बिक्रेताहरूलाई वस्तु बिक्री गर्ने कलासम्बन्धी जानकारी दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए । उनले बजारमा जसको व्यवसायमा नेटवर्क बढी हुन्छ उसको बिक्री पनि बढी हुने बताउँदै नेटवर्क बढाउन व्यवसायलाई सूचना प्रविधिसँग जोड्नुपर्ने विचार राखे ।

अध्यक्ष श्रेष्ठले बिक्री बढाउनका लागि क्रेता सन्तुष्ट गराउनुपर्ने बताए । कार्यक्रममा नेपाल वितरक महासंघका उपाध्यक्ष दुर्गाप्रसाद गौतमले तालिमबाट सिकेको कुरालाई राम्रोसँग प्रयोगमा ल्याउन सके सेल्स मेनलाई सेल्स अफिसर बनाउन सहयोग गर्ने विचार राखे ।

कार्यक्रमका प्रमुख मध्यस्थकर्ता बालकुमारी कलेजका उपप्राध्यापक पदमराज सापकोटाले कार्यक्रममा प्रस्तुतीकरण दिँदै बिक्री सिद्धान्त, सेल्समेनले जान्नुपर्ने कुराहरू, सेल्समेनका हुनुपर्ने गुण, व्यापारमामार्केटिङको आवश्यकता, ग्राहक सन्तुष्टि किन आवश्यक छ र यो कसरी प्राप्त गर्न सकिन्छ, सफलताको रहस्य के होला, ब्राण्डिङ भनेको के हो, भन्ने कुराको साथसाथै विश्वबजारमा विक्रयकला सम्बन्धी विभिन्न उदारणसमेत दिएका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै अधिकृत व्यवसायी संघ–चितवनका अध्यक्ष नारायण प्रधानले तालिममा सहभागी व्यवसायी एवम् कर्मचारीलाई व्यवसायिक एवम् कार्यकुशलता विकासको शुभकाना दिएका थिए ।

अधिकृत व्यवसायी संघका कार्यक्रम संयोजक निर्मल ढकालको संयोजकत्वमा विक्रयकला तालिम भएको थियो । तालिममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, कार्यकारी निर्देशक निलबहादुर केसी, कार्यसमिति सदस्य रजनी मास्के, दिपाशाही, विज्ञानलाल श्रेष्ठ, अधिकृत व्यवसायी संघका निवर्तमान अध्यक्ष रवि श्रेष्ठ,अधिकृत व्यवसायी संघका पदाधिकारी, कार्यसमितिलगायतअधिकृत व्यवसायी र व्यवसायीका कर्मचारीसहित १०० बढीको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>