चितवन विशेष

चितवनको स्मल हेभन स्कुलमा यस वर्षदेखि कक्षा ११ मा पढाइ हुने

०
Banner

चितवन, असार १८–

चितवनको स्मल हेभन स्कुल कल्याणपुरमा यस वर्षको नयाँ शैक्षिक शत्रबाट कक्षा ११ मा पढाइ हुने भएको छ ।

चितवनका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले लिटल एन्जल्स स्कुलको व्यवस्थापनमा सञ्चालित यो विद्यालयले यस वर्षदेखि कक्षा ११ को पढाइ सुरु गर्न लागेको हो ।

पाँच बिघा क्षेत्रफलमा फैलिएको विद्यालयले विद्यार्थीलाई सुविधा सम्पन्न भवन तथा त्यससँग सम्बन्धित विविध भौतिक सुविधाहरू उपलब्ध गराउँदै आएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले बताए । पटकपटक एसएलसी बोर्डमा पर्न सफल भएको यो विद्यालय वीरेन्द्र विद्या क्षेत्रीय सिल्डद्वारा विभुषित विद्यालय हो ।

सुविद्या सम्पन्न कम्प्युटर ल्याब भएको यो विद्यालय चितवनमा पटक पटक जिल्ला प्रथम हुन सफल भएको छ । विद्यालय प्राङ्गणमै यथेष्ट खेल मैदान रहेको यो विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको छ । यातायातको सुविधा र अत्याधुनिक शैक्षिक सामग्रीसहितको पुस्तकालय रहेको विद्यालयले आगामी शैक्षिक शत्र २०८० सालमा कक्षा ११ का लागि आवेदन खुला गरेको छ । विशेष छात्रवृत्तिसहित विद्यालयले व्यवस्थापन संकायअन्तर्गत लेखा, अर्थशास्त्र, कम्प्युटर विज्ञान, बिजनेस स्डडिज् मार्केटिङ् विषयहरुलाई पढाउने तयारी गरेको विद्यालयका प्रधानाध्यापक न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>