Breaking News

युएईविरुद्ध नेपाल ३ विकेटले विजयी, सातौं स्थानका लागि आयरल्याण्डसंग खेल्ने

Banner

काठमाडौँ, असार १७–

जिम्बाबेमा जारी विश्वकप छनोट प्रतियोगिता अन्तरगत सातौं स्थानको प्लेअफ खेलमा चिरपरिचित प्रतिद्धन्द्धी युएईलाई नेपालले ३ विकेटले पराजित गरेको छ ।

युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेटको क्षतिमा १८५ रन बनाउँदै जित निकाल्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले ७९ रनको अविजित साझेदारी गरे । दिपेन्द्र ७९ र सन्दीप २३ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेलले ३५, प्रतियोगितामा पहिलोपटक मौका पाएका ज्ञानेन्द्र मल्ल १३ रन मात्र बनाउन सके भने गुलशन झाले १२ रन बनाए । अन्य व्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

युएइका लागि मुहम्मद जवादुल्लाहले ३ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको युएई ४६.५ ओभरमा १८१ रनमा अलआउट भयो ।

युएइका लागि वृत्य अरविन्दले सर्वाधिक ४४ रन बनाए भने रोहन मुस्ताफाले ३५ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र करन केसीले समान ३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चिए भने करनले ८.५ ओभरमा ३६ रन खर्चिए ।

यस्तै प्रतिश जिशी, गुलशन झा र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए । नेपाल आजको खेलमा विजयी भएसंगै सातौं स्थानका लागि आयरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>