क्रिकेट

श्रीलंका एक खेल अगावै विश्वकपमा छनोट

Banner

काठमाडौँ, असार १७–

भारतमा हुने आइसिसी विश्वकपमा एक खेल अगावै श्रीलंका छनोट भएको छ । जिम्बाबेमा जारी छनोट प्रतियोगिताको सुपर सिक्स खेलमा घरेलु टोली जिम्बावेलाई ९ विकेटले हराउँदै श्रीलंका एक खेल अगावै विश्वकपमा पुगेको हो । सुपर सिक्समा आठ अंक भएपछि श्रीलंकाले यसै वर्ष अन्तिममा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने पक्का भएको हो ।

जितको लागि १ सय ६६ रनको मध्यम विजयी लक्ष्य श्रीलंकाले ३३.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका जितमा पाथुम निसांकाले १ सय २ बलमा १४ चौकासहित १ सय १ रनको सानदार शतकीय इनिङ खेले । श्रीलंकाकाको जितमा स्पिनर महेश थिक्सेनाले ८.२ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिलशान मदुशानकाले ५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । पथिसा पाथिरानाले दुई र दाशुन शानकाले समान एक विकेट लिए ।

श्रीलंका सुपर सिक्समा ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहँदै आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । श्रीलंकाले आफ्नो अन्तिम खेल शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ । उक्त खेलमा पराजित भएपनि अन्तिम दुईमा रहेर श्रीलंका विश्वकप खेल्ने पक्का भएको हो ।

जिम्बावे ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । जिम्बावेले अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेलमा जिम्बावे विजयी भएमा विश्वकपमा पुग्नेछ ।

स्कटल्यान्ड स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्यान्डले अव मंगलबार जिम्बावे र विहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

यी दुबै खेलमा विजयी भएमा स्कटल्यान्ड विश्वकपमा पुग्नेछ । वेस्टइन्डिज र ओमान जित विहीन हुँदै विश्वकप दौडबाट बाहिरिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>