चितवन विशेष
चितवन रोटरी क्लबको अध्यक्ष बने चन्द्रेश्वर भट्टराई

चितवन, असार १७-
चितवनको सबैभन्दा पुरानो चितवन रोटरी क्लबको अध्यक्षमा चन्द्रेश्वर भट्टराई चयन भएका छन् ।
क्लबको शुक्रबार सम्पन्न भेलाले रोटरी वर्ष सन् २०२३\२०२४ कार्यकालको लागि भट्टराईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
रोटरी क्लब चितवनका वर्ष २०२२–२३ का अध्यक्ष दिपक प्रधानको अध्यक्षतामा सो भेला भएको थियो । क्लबका निर्वाचित अध्यक्षमा भानु शर्मा, मनोनित अध्यक्षमा डा. कृष्णप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा रामचन्द्र अधिकारी, द्वितीय उपाध्यक्षमा गेहेन्द्रमान श्रेष्ठ, तृतीय उपाध्यक्षमा राजन पिया, सचिवमा कपिलबाबु खनाल, कोषाध्यक्षमा लक्ष्मण अर्याल, सर्भिस प्रोजेक्ट चेअरमा पुरन सुवेदी, क्लब एडमिन चेयरमा प्रदिप भट्टराई, पब्लिक इमेज चेयरमा गोपाल गैरे, टि आर अफ चेयरमा मा गोपाल भट्टराई, एडिटरमा शिरीष पन्त, कोएडिटरमा अमर घिमिरे, सर्जेन्ट अफ आर्ममा मनोज बर्नवल, सहसर्जेन्ट अफ आर्ममा रुपक श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका एसिस्टेंट गभर्नर सुरेशबहादुर सेन प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सेनले क्लबले वर्षभरि गरेका कार्यहरुको प्रशंसा गरे कार्यक्रममा विशेष अतिथि विपिन पोखरेलसहित अतिथिहरुमा आशिष भण्डारी, दिनुप बराल, पूर्वडिष्ट्रिक गर्भनर रविन्द्र कुमार पिया, सस्थापक अध्यक्ष केएल भुषण प्रधान, पूर्वअध्यक्ष उत्तमलाल चुकेलगायत रहेका थिए ।
भानु शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा वर्ष २०२२\२३ का सचिव राजन पियाले आफ्नो कार्यकालमा सम्पन्न भएको कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा वर्ष २०२२\२३ का अध्यक्ष दिपक प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वर्ष २०२३\२४ का कोषाध्यक्ष लक्ष्मण अर्यालले आगामी योजनाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा असिष्टेण्ड गभर्नर विपिन पोख्रेल, आशिष भण्डारी, पूर्वअध्यक्षहरुको तर्फबाट कल्याण जोशी, सस्थापक अध्यक्ष केएल भुषण प्रधानलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्पाउस क्लबका अध्यक्ष पार्वती खनाल, रोट्याक्ट क्लब अफ आरसी चितवनका वर्ष २०२२\२३ का अध्यक्ष अच्युत न्यौपाने, रोट्याक्ट क्लव वर्ष २०२३\२४ का अध्यक्ष प्रभा गुरुङ, इन्ट्राक्ट क्लब अफ एसओएस स्कुलका सस्थापक अध्यक्ष रोशी पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका निर्वाचित अध्यक्ष कृष्णप्रसाद पौडेलले धन्यवाद मन्तव्य राखेका थिए ।























