चितवन विशेष
रोट्याक्ट क्लब अफ चितवनमा प्रभा गुरुङको नेतृत्व

चितवन, असार १७-
रोट्याक्ट क्लब अफ चितवन वर्ष २०२३–२४ को लागि प्रभा गुरुङको अध्यक्षता मा २३ सदस्यीय कार्यसमितिको चयन गरिएको छ ।
क्लबको प्रथम साधारण सभाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । क्लब स्थापनाको ३०औँ वर्षमा अध्यक्ष गुरुङले वर्ष २०२३–२४ को लागि वार्षिक कार्ययोजना, बजेट तथा विभिन्न समितिहरुको निर्माण गरी साधारण सभामा पेस गरेकी थिइन् । उनको बजेट र कार्ययोजना सर्वसम्मतरुपमा सभाले पास गरेको छ ।
साथै वर्ष २०२२–२३ का अध्यक्ष अच्युत न्यौपानेले आफ्नो कार्यकालमा भएका कार्यप्रगति विवरण पेस गरेका थिए । रोट्याक्ट क्लबले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरु गर्दै आइरहेको हुँदा यस वर्ष पनि स्वास्थ, शिक्षा, समुदायको आर्थिक वृद्धि, रोग रोकथाम र उपचार, व्यावसायिक विकासलगायतका अन्य क्षेत्रहरूमा कार्यक्रम गर्ने लक्ष्य लिइएको अध्यक्ष गुरुङले जानकारी दिइन् ।
क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान प्रमुख अतिथि रहेको साधारण सभामा क्लबका पूर्वअध्यक्ष नारायण प्रधान, दिपक प्रधान, राजन पिया, जनककुमार ढकाल, निरज खनाल, गोविन्द थापा र निवर्तमान अध्यक्ष अच्युत न्यौपानेको समेत उपस्थिति रहेको थियो ।
























