चितवन विशेष
लियो क्लव अफ नारायणगढको अध्यक्षमा पुनः देव चयन

चितवन, असार १६–
चितवनकै पुरानो लियो क्लव अफ नारायणगढको अध्यक्षमा पुनः देवधन भट्ट चयन भएका छन् ।
शुक्रबार भएको अधिवेशनबाट लायन वर्ष २०२३/२४ का लागि पुनः देवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लवको प्रथम उपाध्यक्षमा लियो पुष्कर अधिकारी, द्धितीय उपाध्यक्षमा लियो अस्मिता रेग्मी, सचिवमा लियो प्रशंसा जोशी, कोषाध्यक्षमा लियो समृद्धि पिया, सह–सचिवमा लियो सुजन जोशी, सह–कोषाध्यक्षमा लियो सोनी गुरुङ चयन भएको अध्यक्ष भट्टले जानकारी दिए ।
यस्तै टेमरमा लियो सहनशील श्रेष्ठ, टेलट्वीस्टरमा लियो प्रमिशराज भण्डारी, पीआरओमा भीम गुरुङ, स्पोर्टस् कोअर्डिनेटरमा लियो अरुण अर्याल, इन्टरटेनमेन्ट कोअर्डिनेटरमा सम्राट अधिकारी चयन भएका छन् ।
यस्तै क्लवका सल्लाहकारहरुमा लियो सबल पिया, लियो राजु चौधरी, लियो रवि अधिकारी, लियो गणेश जिशी, लियो मोहन तिवारी चयन भएका छन् ।
























