Breaking News

भरतपुरमा स्थापना भयो जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, स्वास्थ्य मन्त्री जोशीले गरे उद्घाटन

Banner

चितवन, असार १६–

बागमती प्रदेश सरकारले धुलिखेलमा सञ्चालनमा ल्याएको प्रयोगशालाको शाखा चितवनमा स्थापना गरेको छ।

प्रयोगशालाको चितवन क्षेत्र नं.२ (ख)बाट निर्वाचित सांसद समेत रहेका बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले आज (शनिबार) विधिवत रुपमा समुद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै मन्त्री जोशीले अस्पताल र प्रयोगशालाबाट बिश्वसनीय सेवा प्रदान हुनुपर्नेमा जोड दिए । सरकारबाट सञ्चालित स्वास्थ्य कार्यक्रमले जनतालाई विश्वसनिय सेवा दिनुपर्ने भन्दै यस प्रयोगशालाले उपचारमा छिटोछरितो हुने विश्वास व्यक्त गरे ।

बागमती प्रदेश सरकार अहिले विपन्नको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन लागि परेको भन्दै छिटो छरितो र विश्वसनिय सेवा दिन कर्मचारीहरुलाई निर्देशन समेत दिए । उनी आफू स्वास्थ्य मन्त्री भएदेखि नै मन्त्रालयको भ्रष्टाचार न्यूनीकरणमा लागि परेको बताए ।

यस प्रयोगशालाले नसर्ने, सर्ने रोगको अध्ययन, गुणस्तर मापन र तालिम दिने जस्ता कामहरु गर्ने प्रयोगशालाका निमित्त निर्देशक नारायण बहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार नसर्ने रोगको सम्बन्धमा आवश्यक अध्ययन, अनुसन्धानका नतिजाको आवश्यक समन्वय र आदान–प्रदान गर्ने छ । यस्तै सर्ने रोगको अनुसंन्धान गरि त्यसको नतिजा बितरण गर्ने, प्रादेशीक प्रयोगशालाबाट गुणस्तर नियन्त्रण्का लागि पठाईएका नमुनाहरुको परीक्षण गरि नतिजा संकलन गर्ने र विश्लेषण गर्ने, ल्यावहरुको गुणस्तर मापन गर्ने लगाएतका काम गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिब बद्री बहादुर खड्काले प्रदेश सरकारले धुलिखेल प्रयोगशालाको शाखाको रुपमा पहिलोपटक चितवनमा प्रयोगशाला स्थापना गरिएको भन्दै यसले चितवनलगायत छिमेकी जिल्लाहरुमा समेत उपचार छिटो, छरितो र गुणस्तरी बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यहाँ रहेका उपकरणहरु उच्च प्रबिधिका रहेको भन्दै नतिजा समेत कम्युटरबाटै आउने भएकाले मानविय त्रुटी नहुने दावी गरे ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलिया, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणी भण्डारी लगाएतले प्रयोगशालाबाट चितवनसहित अन्य जिल्लाका बिरामीहरुले समेत सेवा पाउन सक्ने बताए ।

यस प्रयोगशालामा चारजना अधिकृत सरहका प्राबिधिकले नियमित सेवा दिनेछन् । प्रयोगशालाबाट १०८ प्रकारका नमुनाको परीक्षण हुने छ । यस प्रयोगशालामा बाहिर भन्दा सस्तोमा परीक्षण गरिने छ । प्रयोगशालामा रहेका उपकरणहरु धुलिखेल प्रयोगशालामा सञ्चालनमा आइरहेका उपकरण नै रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>