चितवन विशेष

नारायणगढ–मुग्लिन सडक पुनः एकतर्फी सञ्चालनमा

Banner

चितवन, असार १६-

पहिरोका कारण बन्द रहेको मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

आज बिहान ३ बजेदेखि अवरूद्ध भएको सो सडक वर्षा रोकिएसँगै सञ्चालनमा आएको हो । शुक्रबार साँझ एकतर्फी रुपमा सञ्चालन भएको उक्त सडकखण्ड तुइन खोलामा ढुंगा खसेपछि अवरुद्ध भएको थियो । सडक सुचारु भएसँगै सडकमा ठूलो संख्यामा रोकिएका यात्रुहरू गन्तव्यतिर लागेका छन् । भरतपुर डिभिजन सडक कार्यालयका अनुसार आज दिउँसो उक्त सडकको अवरोध हटाएर पुनः सञ्चालनमा ल्याइएको हो ।

अति व्यस्त रहने यो सडकखण्डको मुग्लिननजिकै पर्ने तुइन खोलाछेउको पाखोबाट बुधबार रातिदेखि नै ढुंगा खस्न थालेको थियो । बिहीबार बिहान साढे ९ बजेतिर एक घण्टा अवरूद्ध भएको उक्त सडक दिउँसो १ बजेदेखि २८ घण्टा रोकिएर शुक्रबार साँझ ५ बजेबाट खुलेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>