गण्डकी

निरन्तरको झरीले कावासोती बजार क्षेत्र जलाम्मे

Banner

कावासोती, असार १६-

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा पानीको निकास नहुँदा महेन्द्र राजमार्ग जलाम्मे भएको छ ।

राजमार्गदेखि उत्तरतर्फबाट आएको पानीले निकास नपाउँदा राजमार्गसहित बजार क्षेत्र डुबेको हो ।

राजमार्ग बिस्तारको काम भइरहेको अवस्थामा राजमार्ग बाटै पानी बग्दा खोला जस्तै बनेको छ । शनिबार दिनभरी सभापतिचोकदेखि पश्चिमको फिलिमहल चोकसम्मको राजमार्ग जलाम्मे देखिएको छ । निर्माणधीन राजमार्गमा रहेका खाल्डा पानीले भरिँदा दुई पाङ्ग्रे सवारीमा हिँडने यात्रु र चालक राजमार्गको खाल्डोमा पर्ने जोखिम उत्तिकै छ ।

‘कावासोती बजार डुब्नु नयाँ कुरा त हैन, हरेक वर्षायाममा यस्तै हो, कसैको चासो छैन,’ स्थानीय विष्णु पाण्डे भन्छन्, ‘ढल निकासको व्यवस्था नहुँदा पानी परेका बेला राजमार्ग नै खोलो बन्छ ।’ सभापतिचोकदेखि पूर्व महेन्द्र राजमार्गमा खाल्डोको सूचना दिन स्थानीयले राजमार्गमै ढुंगा राखेर रातो कपडा बाँधेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>