चितवन विशेष

नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन कम्तिमा ४ घण्टा लाग्ने

Banner

चितवन, असार १५–

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउन सुरु गरिएको छ । लगातार खसेको सुख्खा पहिरोका कारण बाटो खुलाउन समस्या भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

थप पहिरो नखसे अबको चार देखि पाँच घण्टामा सडक सुचारु गरिने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । तीन वटा मेशिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्ने यात्रुहरुलाई सकभर बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>