चितवन विशेष

नारायणगढ–मुग्लिनमा पहिरो रोकिएन, बाटो अझै अवरुद्ध

Banner

चितवन, असार १५–

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिकै खसिरहेको पहिरो अझै रोकिएको छैन । पहिरो नरोकिएपछि पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए ।

बाटो हिजो देखि अवरुद्ध भएको छ । हिजो दिउँसो १ बजेदेखि खस्न थालेको पहिरो रोकिएको छैन । पहिरो रोकिने वित्तिकै पहिरो पन्छाउन मेशिनहरु तयारी अवस्थामा राखेको पण्डितले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>