चितवन विशेष

ठोरीका राजकुमार बोटे बने बोटे समाजको केन्द्रीय अध्यक्ष

Banner

चितवन, असार १४-

नेपाल बोटे समाजको केन्द्रीय अध्यक्षमा राजकुमार बोटे चयन भएका छन् ।

चितवनको माडीमा सम्पन्न समाजको पाचौँ अधिवेशनबाट पर्सा ठोरीका बोटे केन्द्रीय अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा साउने बोटे, महासचिवमा शेरबहादुर बोटे, सचिवमा आशिष बोटे, इन्द्र बोटे, संगीता बोटे र कोषाध्यक्षमा मीना बोटेलाई चयन गरेको छ ।

कार्यसमिति सदस्यहरुमा श्यामबहादुर बोटे, दीपक बोटे, घनश्याम बोटे, बिन्दु बोटे र शोभा बोटे चयन भएका छन् । रिक्त रहेको समितिको २ जना उपाध्यक्षहरु समितको बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष बोटेले जानकारी दिए । अधिवेशनको नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव मंगलराम दराईले उद्घाटन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>