Breaking News

केही भइहाल्छ भनेर नेकपा बनाएको, भित्तामा नाक ठोक्किएजस्तो भएर एमालेमा फर्किनुपर्‍योः ओली

०
Banner

काठमाडौं, असार १४–

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश, काल, परिस्थितिअनुसार आन्दोलन अघि बढ्ने बताएका छन् ।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले परिवर्तन अरुको नक्कल गरेर हुन नसक्ने बताए ।

परिवर्तन र विकास मौलिक तरिकाले हुने उनको भनाइ छ । ओलीले मौलिकता चिन्न नसक्दा र तत्कालीन समस्या पहिल्याउन नसक्दा कहिलेकाहीँ आन्दोलन असफल हुने बताए ।
उनले आन्दोलनका क्रममा पार्टीको नाम कोअर्डिनेसन केन्द्र, नेकपा (माले), नेकपा (एमाले) हुँदै नेकपा बनाइएको बताए । नेकपा बनाउँदा भित्तामा नराम्ररी नाक ठोक्किए जसरी एमालेमा नै फर्किनुपरेको उनले सुनाए ।

“…भइहाल्छ कि केही भनेर विभिन्न तत्वलाई लिएर आयौँ । र नेकपा भन्ने फेरि बनायौँ । पहिले नेकपा थियो, फेरि नेकपा बनायौँ । त्यसबाट नराम्रोसित भित्तामा नाक ठोक्किएजस्तो, निधार ठोक्किएजस्तो फेरि हामी नेकपा (एमाले)मा फर्कियौँ,” ओलीले भने, ‘यही हो मौका भनेर हाम्राविरुद्ध हमला भएको थियो । त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गर्यौँ । हाम्रो आन्दोलन जोगायौँ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>