देश/प्रदेश

सुत्न छतमा जानेक्रममा लडेर घाइते भएका पुरुषको मृत्यु

Banner

धनगढी, असार १४-

कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–२ उल्टाखामका ६७ वर्षीय देवीलाल शाहको बुधबार राति १ः४५ बजेको समयमा घरको छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो।

शुक्लाफाँटा नगरपालिका–१० मा भतिजा नाता पर्ने दानबहादुर शाहको घरमा छतमा सुत्नलाई देवीलाल गएका थिए।

सुत्नलाई छतमा जानेक्रममा देवीलाल खसेर घाइते भएको प्रहरीले जनाएको छ।

छतबाट खसेर घाइते भएका उनको उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको थियो। तर, डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जनाइएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>