देश/प्रदेश

ललितपुर जिल्ला अदालतकी महिला कर्मचारी माथी हातपात, वकिल पक्राउ

Banner

काठमाडौं, असार १४-

ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्। आफूलाई हात पात गरेको भन्दै नासु प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएपछि ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो।

ललितपुर प्रहरी परिसर प्रमुख सिद्धिविक्रम शाहले लामिछानेलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ र तामाङको मुखमा चोट देखिएको छ।

उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>