चितवन विशेष
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि चितवन आउने
०

चितवन, असार १४–
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउँदै छन् । असार १५ गते धान दिवस मनाउन ओली चितवन आउन लागेका हुन् । असार १५ गते बिहान ७ः३० बजे जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा आयोजना हुने विशेष कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए ।
सोहि दिन बिहान ९ः३० बजे भरतपुर–२४ स्थित केरुङ्गा सामूहिक तरकारी कृषि फर्ममा धान रोपाई कार्यक्रममा उनी सहभागी हुने छन् । त्यसपछि रामपुर कृषि क्याम्पसको सभा हलमा दिउँसो १ बजे युवा, विद्यार्थी र किसान उद्यमीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























