चितवन विशेष

मदन भण्डारीको जन्मदिनको अवसरमा भोलि माडीमा स्वास्थ्य शिविर र वृक्षरोपण गरिँदै

Banner

चितवन, असार १३-

जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा चितवनको माडीमा बृहत निःशुल्क स्वास्थ्य शिविर र वृक्षरोपण गरिने भएको छ ।
मदन भण्डारी फाउण्डेसन चितवनले भोलि एकै ठाउँमा दुई कार्यक्रम गर्न लागेको हो ।

फाउण्डेसन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार माडी नगरपालिका–६ स्थित पुष्प–मदन स्मृत्ति वनवाटिकामा शिविर र वृक्षरोपण हुनेछ । असार १४ गते बिहीबार बिहान ८ बजे वृक्षरोपण र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य शिविर हुने जनाइएको छ ।

शिविरमा भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र मोडेल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता हुनेछ । शिविरमा अर्थाेपेडिक सर्जन डा. अरुण सिग्देल, फिजिसियन\मेडिसियन डा. प्रतिक न्यौपाने, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. केशव आचार्य, मेडिकल अफिसर डा. संवाद आचार्यलगायतका चिकित्सक स्वास्थ्यकर्मीले सेवा दिने फाउण्डेसनले जनाएको छ ।

बिहान ८ बजे उक्त बाटिकामा वृक्षरोपण कार्यक्रम समेत राखिएको छ । फाउण्डेसनले विभिन्न फलफूलका विरुवा रोप्ने कार्यक्रम राखेको हो । पुष्पमदन स्मृति वनवाटिका र नेकपा (एमाले) माडी नगर कमिटी वृक्षरोपण कार्यक्रमका सहआयोजक रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>