Breaking News

चीनका धनाढ्य ज्याक मा भोलि चितवन आउने

Banner

चितवन, असार १३–

चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा धनाढ्य ज्याक मा भोलि (बिहीबार) चितवन आउने भएका छन् । ज्याक मा मंगलबार नेपाल भ्रमणमा आइपुगेका थिए ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेपछि उनी चितवन आउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीलाई भेट्न उनको टीमले समय मागिसकेको छ। नेपालमा चर्चित अनलाइन सपिङ कम्पनी दराज उनले पाँच वर्ष अघि खरिद गरेका थिए ।

ज्याक मा बिहीबार नै चितवन घुम्न आउने कार्यक्रम रहेको बताइएको छ। ज्याक मा ३ दिन नेपाल बस्दा काठमाडौंको द्वारिकाज होटलमा रहने छन्।

उनी चितवनको मेघौली रिसोर्टमा पनि जाने कार्यक्रम रहेको बताइएको छ। उनलाई मंगलबार नै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले पनि भेटेका छन् ।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीको ज्याक मा सँग निकट सम्बन्ध छ। तर पनि भेटघाट कार्यक्रम तय भइनसकेको चौधरी ग्रुपका अधिकारीले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>