चितवन विशेष

नारायणगढ-मुग्लिन सडकमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना,चालकको मृत्यु

Banner

चितवन,असार १२-

नारायणगढ मुग्लिन सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउसो १ः१५ बजेको समयमा भरतपुर २९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–४० प ०५५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा घाइते मोटरसाइकल चालक रसुवा उत्तरगया गाँउपालिका ४ बस्ने २१ वर्षिय राजेश पौडेल गम्भिर घाइते भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँका देवी प्रसाद आचार्य घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>