Breaking News

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका ३ जनालाई आजै छाड्ने तयारी

Banner

काठमाडौँ,असार १२ –

ललिता निवास जग्गा अनियमितता प्रकरणमा पक्राउ परेकामध्ये ३ जनालाई प्रहरीले आजै छाड्ने तयारी गरेको छ। पक्राउ परेकामध्ये ३ जनाले अदालतबाट पक्राउ नगर्न भनि आदेश लिइसकेको पाइएपछि छाड्ने तयारी भएको प्रहरी स्रोतले बताएको छ।

स्रोतका अनुसार मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, भूपेन्द्रमणि केसी र सुरेन्द्रमान खपालीले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेका छन्। अदालतले उनीहरुको पक्षमा पहिल्यै पक्राउ नगर्नू नगराउनू भनी आदेश जारी गरिसकेको खुलेको स्रोतले जनाएको छ। उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिने भएको छ।

यस प्रकरणमा आज एकैदिन ७ जना पक्राउ परेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>