चितवन विशेष

भरतपुरको उत्कृष्ट शिक्षालयको रुपमा एनपीआई सम्मानित

Banner

चितवन, असार १२-

भरतपुरको उत्कृष्ट शिक्षालयको रुपमा नेपाल पोलिटेक्निक इन्सिच्युट (एनपीआई) सम्मानित भएको छ ।

भरतपुर महानगरपालिकाले १३ औं नगरसभाको अवसरमा एनपीआईलाई सम्मानित गरेको हो ।

आर्थिक वर्ष २०७९\८० मा प्राविधिक शिक्षा, कृषि, पशु र इन्जिनियरिङ क्षेत्रमा क्रियाशिल रहँदै आएर व्यवसायिक दायित्व नियमितरुपमा पूरा गरेको भन्दै उत्कृष्ट व्यवसायिक शैक्षिक संस्थाको रुपमा सम्मान गरेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

आज नगरसभाको १३ औं अधिवेशनको समापन शत्रमा भरतपुर महानगरकी मेयर रेनु दाहालले एनपीआई कलेजका प्रमुख कार्यकारी अधिकृत शिव सुवेदीलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेकी हुन् । सम्मान प्राप्त गरेपछि सुवेदीले भनेका छन्, ‘नेपालको मध्यभागमा रहि कृषि, इन्जिनियरिङ, स्वास्थ्य र भेटेरिनरी शिक्षाको क्षेत्रका जनशक्ति उत्पादन गर्दै आइरहेको यस नेपाल पोलिटेक्निक इन्स्टिच्युट कलेज उत्कृष्ट शिक्षालयको रूपमा भरतपुर महानगरपालिकाबाट सम्मानित भएको छ । कलेजलाई यो स्थानसम्म लयाउन सहयोग पु्याउनु हुने सम्पूर्ण शिक्षक , अविभावक, विद्यार्थी ,कलेज सञ्चालक समिति एवम् कर्मचारी साथीहरूमा बधाई तथा भरतपुर महानगरपालिका प्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>