चितवन विशेष

देवघाटमा पर्यटन पूर्वाधारको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनी कालो सूचीमा

Banner

चितवन, असार १२-

समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई देवघाट गाँउपालिकाले कालो सूचीमा राखेको छ ।

देवघाट गाँउपालिकाले घण्टाचुली पर्यटन पूर्वाधार आयोजनाको ठेक्का लिएको मृत सञ्जिवनी–शिवशक्ति ईको जेभीलाई पटक–पटक ताकेता गर्दासमेत कार्य सम्पन्न नगरेपछि कालो सूचीमा राखेको हो ।

देवघाट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीका अनुसार मृत सञ्जिवनी–शिवशक्ति ईको जेभीलाई सम्झौता अनुसार कार्य सम्पन्न गर्न पटकपटक पत्राचार, मौखिकरुपमा भनिएको र प्राविधिक प्रतिवेदन अनुसार कार्य प्रगति नदिएकोले उक्त कामको ठेक्का लिने कम्पनीसँग ठेक्का सम्झौता तोड्ने (भंग) गर्नुपरेको जनाए । कार्य सम्पन्न गर्ने अन्तिम मिति यही असार २८ गते भएकोले सो समय पछि म्याद थप नगर्नेm, ठेक्का तोड्ने र बैंक ग्यारेन्टी जफत गरी गाउँपालिकाको खातामा जम्मा गर्नेगरी निर्माण ब्यवसायीलाई कालोसूचीमा राखिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले नारायणी अनलाइनलाई बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>