चितवन विशेष

सडक कुरुप बनाउने होर्डिङ बोर्ड ३५ दिनभित्र हटाउन भरतपुर महानगरको निर्देशन

Banner

चितवन, असार १२–

सडक अवरोध गर्ने वा सडक कुरुप बनाउने होर्डिङ बोर्ड ३५ दिनभित्र हटाउन भरतपुर महानगरले निर्देशन दिएको छ ।

महानगरले सोमबार एक सूचना प्रकाशित गर्दै सो निर्देशन दिएको हो ।

सूचनामा सार्वजनिक सडकहरुमा अनाधिकृतरुपमा आवागमनमा बाधा पु¥याउने गरी राखिएका निर्माण सामग्री वा मालबस्तु हटाउन दिर्नेशन दिइएको छ । त्यसैगरी सहरको सौन्दर्य नै कुरुप बनाउने गरी सडकमा लोगो, अन्य पेन्टिङहरु गर्ने, अनुमति बिनाका होर्डिङ बोर्ड, पोस्टर पम्प्लेट, पर्चा, व्यानर, गेटमा टाँस्ने वा राख्ने कार्य गरेको पाइएकोले उक्त कार्य नगर्न नगराउन सूचनामा निर्देशन दिइएको छ । महानगरले सूचनामा त्यस्ता कार्य आफैँ नहटाएमा सार्वजनिक सडक ऐन–२०३१ को दफा १८, १९ र २१ बमोजिम हटाइने जनाएको छ । हटाउन लागेको खर्च सम्बन्धित व्यक्तिबाट उठाइने पनि सूचनामा जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>