Breaking News
सन्दीपको मुद्दामा पीडितलाई उपचार खर्च भराउन आदेश
०

काठमाडौँ, असार ११–
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च भराउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले आज पीडित राहत कोषबाट गौशाला २६ लाई अन्तरिम राहत स्वरुप एक लाख रुपैयाँ उपचार खर्च दिन आदेश दिएको हो ।
पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् । अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो ।
यसअघि थुनछेक मुद्दामा सर्वोच्च अदालतले जाहेरीकर्ता गौशाला २६ लाई पीडित राहत कोषबाट तत्काल अन्तरिम उपचार खर्च उपलब्ध गराउन आदेश दिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























