चितवन विशेष
कामना बैँकद्वारा भरतपुरको खद्रौलीका विद्यार्थीलाई पोशाक बितरण
०

चितवन, असार ११–
भरतपुर महानगरपालिका–२६ स्थित श्रीराष्ट्रिय आधारभूत विद्यालय खद्रौलीका ८५ जना विद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरिएको छ ।
कामना सेवा विकास बैँक ज्योतिनगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत सो सहयोग गरेको हो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, बैँकका कर्मचारीहरु, अभिभावकहरु तथा २६ नंं वडाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
बैँकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत निरन्तररुपमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको कुरा बैँकका ज्योतिनगर शाखाका प्रबन्धक ढुण्डराज पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम रामकान्त न्यौपानेले सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























