स्वास्थ्य

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै

Banner

काठमाडौं,असार ११-

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा राष्ट्रपति पौडेलको उपचार जारी छ।

राष्ट्रपति पौडेल गत असार २ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए। गत असार ५ गते राष्ट्रपति पौडेलको छातीमा पेसमेकर राखिएको थियो। छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको हो। पौडेलको मुटुको धडकन अस्थिर भएपछि उनी अस्पतालमा भर्ना भएका थिए। पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ। पेसमेकर भनेको छातीमा मुटुमाथि राखिने सानो यन्त्र हो। यो यन्त्रले मुटुको धडकनलाई प्रतिमिनेट तोकिएको मात्रामा धडकन सहयोग गर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>