चितवन विशेष

भरतपुरको ‘आमाको माया’ छात्राबासलाई सहयोग

Banner

चितवन, असार ११-

भरतपुर महानगरपालिका–१२ मा रहेको आमाको माया छात्राबासमा आश्रित १५ जना छात्राहरुलाई लत्ताकपडा र खाद्यान्न सहयोग भएको छ ।

स्पाउज क्लब अफ नारायणगढ रोटरीले छात्राबासलाई गर्मी यामका लत्ताकपडा, खाद्यान्नलगायत आवश्यक सामग्रीहरू सहयोग गरेको हो ।

कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका पूर्वअध्यक्षहरू रोहितकुमार श्रेष्ठ र सुसनलाल प्रधानको उपस्थितिमा स्पाउज क्लबका अध्यक्ष सम्झना प्रधानले छात्राबासका प्रमुख साबित्री ढकाललाई उक्त सामग्रीहरू वितरण गरेकी हुन् ।

कार्यक्रममा सम्झना प्रधानले विभिन्न जनजातिका बालबालिकाहरूलाई छात्राबासको सुविधासहित पठनपाठन गराएर उनीहरूको भविष्य निर्माणमा लागिपरेकी छात्राबास प्रमुख सावित्री ढकालको प्रशंसा गर्दै धन्यवाद दिइन् । अध्यक्ष प्रधानले व्यक्तिगत तवरमा उक्त छात्राबासलाई सहयोग गर्दै आइरहेको र स्पाउज क्लबको अध्यक्षको हैसियतले आप्mनो कार्यकालको अन्तिम कार्यक्रमको रूपमा क्लबको तर्फबाट सहयोग उपलब्ध गराउन पाएकोमा आपूmलाई गौरवान्वित महसुस भएको र यस किसिमको सामाजिक कार्यबाट आनन्दको अनुभूति प्राप्त भएको बताइन् । उनी आमाको माया छात्रावासका आजिवन सदस्य समेत हुन् ।

स्पाउजक्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेलले छात्राबासका बाबुनानीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि क्लबले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्ष रोहितकुमार श्रेष्ठले छात्राबासमा आश्रित बालबालिकाहरूको भविष्य निर्माणका लागि अहोरात्र उनीहरूको संरक्षण र सम्वद्र्धनमा कटिबद्ध ढकाललाई धन्यवाद दिएका थिए । छात्राबासका प्रमुख ढकालले बालबालिकाहरूको भरणपोषणका निमित्त नारायणगढदेखि आएर सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गर्दै स्पाउज क्लब अफ नारायणगढ रोटरीका अध्यक्ष सम्झना प्रधानलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिइन् ।

कार्यसमिति सदस्य शान्ति श्रेष्ठको संयोजकत्वमा भएको उक्त कार्यक्रममा स्पाउज क्लबका निवर्तमान अध्यक्ष निरा प्रधान श्रेष्ठ, कोषाध्यक्ष दुर्गा श्रेष्ठ, सह–सचिव डा. सुरक्षा श्रेष्ठ, सदस्यहरू अञ्जु प्रधान, पुनम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>