Breaking News

नेपालबाट सोविता गौतम मात्रै परिन ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा

Banner

काठमाडौं, असार १०-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी छन् ।

वान योङ वर्ल्डले १५ जनाको नाम परेको भएपनि नेपालबाट गौतम मात्रै परेकी हुन् ।

१८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोभिता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ। उनीसँगै विश्वभरका अन्य १४ हाइ प्रोफाइल युवा मन्त्री, सांसद, मेयरमा मनोनीत छन् । विजेताहरुको घोषणा जुलाइमा युवा विश्व शिखर सम्मेलन वेलफास्ट २०२३ बाट हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>