Breaking News
भैरहवाका ‘मिटरब्याजी’ रमानन्दको घर विप्लव समूहको कब्जामा

रुपन्देही, असनर ९-
विप्लब निकट नेकपा माओवादीका कार्यकर्ताले ’मिटरब्याजी’ को घर कब्जामा लिएको छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ५ मिलनचोकस्थित ’मिटरब्याजी’ रमानन्द बानियाँको घर विप्लब निकट नेकपाले कब्जा गरेको हो ।
नेकपाको अनुसार मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक,दृष्टिबन्दक गराएर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको उजुरी आएको छ ।
बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिँदा ५० प्रतिशत बढी ब्याजसमेत लगाएको विवरणमा सार्वजनिक गरिएको छ ।
भनेको मितिमा पैसा नदिएका ऋणीलाई अर्को कागज तयार पारी ऋण रकममा थप २५ देखि ५० प्रतिशत थपेर सावा रकम बनाएका तथ्यहरु रहेको पीडितले बताएका छन् । बानियाँको ठगी धन्दाका बारेमा झण्डै ६२ जनाले जिल्ला प्रशासन कार्यालय उजुरी दिएका छन् ।


























