कालिका

कालिका नगरपालिकामा ४९ जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण

Banner

चितवन, असार ९-

कालिका नगरपालिका–३ जनहित राष्ट्रिय आधारभूत विद्यालयका ४९ जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।

समाजसेवी दिपक खाँडको सहयोगमा कालिका–३ का समाजसेवीको सहयोगमा वडा सदस्य कृष्णबहादुर प्रजाले नर्सरीदेखि ८ कक्षाका ४९ जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेका हुन् । ती सामग्रीमा कापी, कलम, ज्योमेट्री बक्स स्केललगायत रहेका छन् ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई कापी कलम किनेर पढ्ने अवस्था नरहेको बेला यसरी ४९ जना विद्यार्थीलाई कापी कलमलगायतका सामग्रीहरु बितरण गरेर पुण्यको काम गरेको भन्दै वडा अध्यक्ष प्रजाले खाँडलाई धन्यवाद दिएका छन् । तेसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरतराज रेग्मीले भने, ‘दीपक अहिले देखिको मनका धनी हैनन् उनले आज भन्दा १५ वर्ष अगाडि दृष्टिबिहीनहरुलाई यसरी सहयोग गरे त्यो दिन मलाइ आजसम्म याद छ ।’

कार्यक्रममा आर्थिक स्थिति निकैनै कमजोर र आफ्नो बुबाआमा नभएका बालबालिकालाई मात्र कापी कलमलगायतका सामग्रीहरु बितरण गरिएको थियो भने यही हप्ता भित्रमा फेरि ४२ जना घरपरिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको कार्यक्रममा सहयोगी खाँडले जानकारी दिए । अहिलेको वर्तमान परिस्थितिमा राज्यनै संकटमा परेको बेला निमुखा आमाबुबाहरुले काम गरेर खाने कुनै बातावरण नभएको कारणले भोक भोकै बस्न बाध्य भएका आमाबुबालाई राहत सामग्रीलगायत सहयोगको सुरुवात गरिएको खाँडले बताए । यसअघि पनि कालिका ३ लगायत विभिन्न ठाउँमा उनले विभिन्न सामाजिक कार्य गर्दै आइरहेका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरतराज रेग्मी टोलसुधार समितिका अध्यक्ष जीवबहादुर मगर, रामबहादुर मगर, पदमराज श्रेष्ठ, नबिन पाख्रिन ,बुद्दिबहादुर तामाङ, दिपक थापालगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>