Breaking News
समर्थकसँग बिन्ति गर्छु सामाजिक संजालमा अशहिष्णु नबन्नु, नेतृत्वलाई अप्ठेरो पर्छ: रवि
०

काठमाडौं, असार ९-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका कार्यकर्ता तथा समर्थकहरुलाई सामाजिक संजालमा असहिष्णु नबन्न आग्रह गरेका छन् ।
रास्वपा धादिङ काठमाडौं सम्पर्क भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले समर्थकबाट तल्लोस्तरमा गएर गागिलौज गर्दा पार्टी र नेताहरुलाई अप्ठेरो पर्ने भन्दै यस्तो व्यहोरा नदेखाउँन आग्रह गरेका हुन् ।
उनले भने–हामीमाथी सामाजिक संजालमा अशहिष्णु टिप्पणी गर्ने, असाध्यै गालिगलौज गर्ने गरेको आरोप छ । तपाईहरुले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ । हामीलाई माया गर्ने, समर्थन गर्ने साथीहरुसँग बिन्ति नगरे मैले कसका अगाडि गर्ने ? हामीले घृणा फैलाउने होइन । आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























