कृषि

नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन: जनार्दन शर्मा

Banner

काठमाण्डौँ, असार ६-

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नभएको बताएका छन् ।

ऋाज प्रतिनिधि सभा बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उनले यो दाबी गरेका हुन् । उपमहासचिव शर्माले अर्गानिक मल कारखानाको भने अवश्यकता रहेको औँल्याए ।

उनले भने, ‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ । नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन । अर्गानिक मल कारखानाको आवश्यकता छ । हामीसँग भएका स्रोत, साधन, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौँ । त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>